News

के चीनियाँले नै प्रधानमन्त्री निवासमा ड्रोन उडाएर आतंक मच्चाएका हुन ?

के चीनियाँले नै प्रधानमन्त्री निवासमा ड्रोन उडाएर आतंक मच्चाएका हुन ?

चीनियाँ सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर निगरानी गर्ने गरेको कुरा नौलो होईन। उनीहरुले चीन आसपासका नेपालका जिल्लाहरुमा ड्रोनबाट निगरानी गर्ने गरेका छन्। यतिमात्र होईन, उनीहरुलाई स्थानीय प्रशासनलाई निर्देशन दिने गरेका छन्।

चीनियाँ अधिकारीहरूले नेपाली क्षेत्रमा ड्रोन र सीसी क्यामेराद्वारा अनुगमन गर्ने गरेको कतिपय सुरक्षाकर्मीहर नै बताउँछन्। उनिहरुका अनुसार सीमा क्षेत्रका नेपाली अधिकारीमाथि पुर्णतया उनीहरुको नियन्त्रण छ।

हुँदा–हुँदा बालुवाटार स्थित प्रधानमन्त्री कार्यालयसहित महत्वपुर्ण मन्त्रालय र कार्यालयहरुमा समेत चीनले ड्रोन मार्फत निगरानी गर्ने गरेको पाईएको छ। आईतवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक भइरहँदा रहस्यमय हिसाबले ड्रोन उडाइएपछि यो विषय वाहिर आएको हो। यसमा संलग्नहरुको पहिचान नभएपछि धेरैको आशंका चीनियाँ दुतावासमाथि छ। बेलुकी ५ बजेबाट शुरु भएको बैठक झण्डै ८ बजेसम्म बसेको थियो । तर पौने ७ बजेतिर बैठकस्थलमाथि ड्रोन उडाइएको थियो । प्रधानमन्त्री निवासको दक्षिणतर्फबाट आएको ड्रोन बालुवाटार कम्पाउण्डको आकाशमा उडेको तर उक्त ड्रोन कसले उडाएको भन्नेबारे केही पनि खुल्न सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको उक्त बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का,राष्ट्रपति उम्मेदवार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता थियो । त्यसैगरी पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुर,शरदसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि बैठकमा थिए। 

नेकपा एकीकृत समाजवादीका तर्फबाट उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव डा. बेदुराम भुसाल,माओवादी उपमहासचिवहरु जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायत छलफलमा सहभागी भएको बखत ड्रोन उडाइएको बताइन्छ । उनीहरु राष्ट्रपतिको आगामी निर्वाचनबारे छलफलमा सक्रिय भएको बखत उक्त ड्रोन त्यहाँ पुगेको हो ।

मेड इन चाईनाको उक्त ड्रोन चाईनिज दुतावासबाटै उडाईएको हुन सक्ने अनुमान छ। चीनियाँ दुतावास प्रधानमन्त्री निवासबाट ४ सय मिटरको दुरीमा छ। सोमवारको गतिविधिले प्रधानमन्त्री पुष्पकमल दाहाल समेत चिन्तित देखिएको श्रोतको दावी छ।

यो पनि,

ड्रोन

विशेष