छक्का पन्जा ४ः दिपकराज गिरीमा रवि लामिछानेको झल्को

प्रदर्शनमा आएको तीन दिनमै साढे तीन करोडको कमाई गर्न सफल भएको नेपाली सिनेमा ‘छक्का पन्जा ४’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उतारचढावबाट प्रभावित जस्तो देखिएको छ।
एउटा गुन्डाबाट राजनीतिज्ञ हुँदै मन्त्री बन्न लागेको ‘राजा’को जिवन यात्रालाई यो सिनेमामा प्रस्तुत गरिएको छ। सिनेमा हेर्दा धेरैलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेको राजनीतिक करिअरको याद आउँछ ।
सांसद निर्वाचित भएपछि रविका क्रियाकलाप र सरकारमा सहभागि हुन आह्वान हुँदा उनी हतारिएको झै सिनेमामा पनि राजालाई मन्त्री बनाउने प्रस्ताव गरिन्छ । फिल्म हेर्दै जादा दर्शकले कलाकार दीपकराज गिरीमा रवि लामिछाने झझल्को पाउने छन्।
यो सिनेमाले राजनीतिक उतारचढाव र समाजको कथालाई सटिक तरिकाले प्रस्तुत गरेको छ । विशेषगरि, राजनीतिमा कर्मचारीतन्त्र हाबी हुँदा जनताले भोग्नु परेको समस्या, कर्मचारीतन्त्रमाथि धावा बोल्न उदाएको राजाको कथा फिल्ममा प्रस्तुत गरिएको छ ।
हेमराज वीसीको निर्देशनमा तयार भएको फिल्ममा दीपकको साथमा केदार घिमिरे, वुद्दि तामाङ, निर शाह, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय छ । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘छक्का पन्जा ४’ले बक्स अफिसमा अहिले धमाका मच्चाइरहेको छ ।
छक्का पन्जा ४