News खेल

युएईविरूद्धको खेलमा नेपालले छैटौं विकेट गुमायो

युएईविरूद्धको खेलमा नेपालले छैटौं विकेट गुमायो

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ। 

नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औं ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए।

नेपालका लागि शीर्ष ५ ब्याटर ज्ञानेद्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए।

युएईका लागि जुनाइद सिद्धिकि र आयन लाक्राले २–२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १–१ विकेट लिए।

अहिले क्रिजमा आरिफ खेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले ३३ ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएर खेलिरहेको छ। 
 

विशेष