News

एमालेको दोहोरो चरित्रः गाउँपालिका अध्यक्ष भारतसँग पैसा माग्ने, ओली विरोध गर्ने 

एमालेको दोहोरो चरित्रः गाउँपालिका अध्यक्ष भारतसँग पैसा माग्ने, ओली विरोध गर्ने 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका बौद्ध कलेज निर्माण गर्न दिने निर्णय गरेर सरकारले राष्ट्रघात गरेको आरोप लगाए।

उनले कलेज निर्माण गर्न भारतले गरेको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको आरोप पनि लगाए। 

तर, बास्तविक्ता भने फरक देखिएको छ। वडा नं. ५ स्थित फलेक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोग गर्न एमालेकै गाउँपालिका अध्यक्षले भारतीय दूतावासमा पत्राचार गरेको खुलेको छ। 

एमालेबाट निर्वाचित वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले मुस्ताङ शाक्य बौद्ध संघले बौद्ध शाक्य कलेज स्थापना गर्न आर्थिक सहयोग खोजिरहेको भन्दै त्यस्तो संस्था स्थापनाका लागि आर्थिक सहयोग गर्न करिब साढे तीन महिनाअघि काठमाडौंस्थित भारतीय दूतावासमा आग्रह गरेको पाईएको छ।

‘मुस्ताङ र छिमेकी जिल्ला डोल्पा, मनाङ तथा स्थानीय र विदेशी विद्यार्थीहरूको हितका लागि यो ऐतिहासिक परियोजना सम्पन्न गर्न आर्थिक सहयोगका लागि म तपाईंको सरकारसँग विनम्र आग्रह गर्दछु’, अध्यक्ष रिङजीन नामगेल गुरुङले भारतीय दूतावासका डेपुटी सेक्रेटरी करुन बंसललाई सम्बोधन गर्दै २२ नोभेम्बर २०२२ मा पठाएको पत्रमा भनिएको छ। 

कलेज स्थापनाका लागि ७० करोड ३३ लाख रुपैयाँ अनुदान स्वीकृति माग गर्दै भारतीय दूतावासले पठाएको पत्रमाथि अर्थमन्त्रालयले अध्ययन गरिरहेको छ। सोही विषयमा दुतावासले स्विकृती मागेपछि ओलीले यो विषय सार्वजनि गरेका हुन।


वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष मात्रै होइन उपाध्यक्षमा एमालेकै दिकी गुरुङ छिन्। भारतको सहयोगमा बौद्ध कलेज स्थापना गर्न लागिएको ५ नम्बर वडाका अध्यक्ष सुरेन्द्र गुरुङ पनि एमालेबाटै निर्वाचित भएका हुन्। 

यो पनि,

वौद्ध कलेज मुस्ताङ साक्या बौद्ध संघ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका

विशेष