News

कसैको नामै नलिई प्रचण्डले मुस्ताङ प्रकरणमा ओलीलाई दिए जवाफ

कसैको नामै नलिई प्रचण्डले मुस्ताङ प्रकरणमा ओलीलाई दिए जवाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति दिएर राष्ट्रघात गरेको भन्दै राजनीति नै तरंगित वनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बोलेका छन् ।

दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न स्वीकृति नै नदिएको बताएका छन्। ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर चीनमाथि गद्दारी गरेको आरोप लगाएपछि दाहालले मुख खोलेका हुन।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले मुस्ताङको विषयमा बडो चर्चा भईरहेको भन्दै स्थानीय तहले कलेज खोल्न लागेको विषय आफनो जानकारीमा आएको वताए । ‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा÷परिचर्चा हुने गरेको छ। मुस्ताङमा युनिभर्सिटी खोल्ने रे। मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ। मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको पनि छ।’ उनले भने–‘मुस्ताङमा अमूल्य खनिज पदार्थ छन्। र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रोसेस मात्रै हामीले ठिक ढंगले गर्न सक्यौं भने सयौं वर्षका लागि नेपालीहरूको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन्।’

उनले यसरी जानकारी र अवस्थाको विषयमा वोल्दै गर्दा एमाले अध्यक्ष ओलीको नाम भने लिएनन्। ‘हामी नेपालीहरूले भन्दा विदेशीहरूले अघि बढी मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढी जानकारी राख्छन् भन्ने पनि तपाईं हामीले सुन्दै आएको पनि हो’ उनले थपे–‘हिजोआज एउटा चर्चा भएको पनि तपाईंहरूले सुन्नु भएको छ मुस्ताङकै विषयमा। र, मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो। पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ।’

नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति नभएको दाहालले जिकिर गरे। ‘तर जे भए पनि मुस्ताङको चर्चा यतिधेरै किन गर्छन्। मैले अन्त जान खोजेको होइन। मैले कसैलाई अरोप र प्रत्यारोप गर्न खोजेको पनि होइन। तर, मुस्ताङको चर्चा यति धेरै किन हुने गरेको छ। र, मुस्ताङको चर्चा आउनेबित्तिकै अलि बढी हामी नेपालीहरू संवेदनशील किन हुने गछौं भन्दा हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता वस्तुहरू, यस्ता खनिजहरू छन्।’– दाहालले भने।

प्रचण्ड

विशेष