झारफुक गर्दाको यातनाले १४ वर्षीया बालिकाको मृत्यु भएपछि माता पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका–१० मा छारफुक गर्ने भन्दै यातना दिँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय माँता भनिने २२ वर्षीया सोनिया रेश्मीको कुटपिटबाट सीता ज्ञवालीको मृत्यु भएको हो।
प्रहरीले सोनियालाई पक्राउ गरेको छ। सोनियाँले आइतबार झारफुक गर्ने भन्दै बालिकालाई भुइँमा लडाई घोप्टो पारेर कुटपिट गरेको भिडिओ फेसवुकमा सार्वजनिक भएको थियो। बालिकाको शरीरमाथि चढेर घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाएर टाउको बटार्ने गरेकी थिईन।
बालिकाको अनुहारमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिट गर्ने गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो। ४÷५ दिनदेखि कानसम्बन्धी बिरामी भएकी सितालाई अस्पताल लगेर चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएपछि माता भन्ने सोनियालाई झारफुकका लागि आग्रह गरेको परिवारका सदस्यले वताएका छन् ।
तर, झारफुककै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। सीताको शव राति नै घरपरिवाले कपिलवस्तु जिल्लाको लक्ष्मणघाटमा लगेर जलाएको खुलेको छ। घट्नापछि सोही भिडिओका आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट इन्स्पेक्टर जगन्नाथ मरासिनीको कमान्डमा खटिएको प्रहरीले सोनीया लाई पक्राउ गरेको रुपन्देहीका डीएसपी श्यामु अर्यालले जानकारी दिए। सोनियाको घरबाट त्रिशुल, जग, रुद्राक्षको माला लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
दाहसंस्कारका लागि जाँदा र दाहसंस्कार गरी फर्किंदाको पूर्वपश्चिम महेन्द्रराजमार्गमा रहेका सीसीटीभीको फुटेज समेत प्रहरीले संकलन गरेको छ। घटनाको दिन बिहान सीतालाई उपचारको लागि अटो रिक्सामा राखी सालझण्डी बजारमा रहेको स्थानीय मेडिकल लिएर आएको र उपचार पश्चात फिर्ता गएको पनि पनि फुटेजमा देखिएको छ।
छारफुक माता