राजावादीको आन्दोलनलाई राजेन्द्र लिङदेनले अराजक भनेपछि...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीको आन्दोलनलाई अराजक भन्दै यो देश र जनताका पक्षमा नभएको वताएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पछिल्लो समय राजालाई लिएर सडकमा भइरहेका गतिविधिबारे आफ्नो पार्टी गम्भीर बनेको बताए। कुनै पनि प्रकारको अराजकता र गलत क्रियाकलापको पक्षमा आफनो पार्टी नरहेको उनको भनाई छ।
देशका प्रमुख राजनीतिक दल र सरकारमा बसेका मानिस नागरिकको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थालेपछि अहिलेको अवस्था श्रृजित भएको बताएका उनले नागरिक र देशले यस्ता अराजकता बेहोर्नुपर्ने अवस्था सिर्जना हुन सुखद नभएको बताए।
आफनो पार्टीले यस प्रकारका क्रियाकलापको कहिल्यै पनि समर्थन नगर्ने लिङदेनले प्रतिबद्धता जनाए। ‘हामी कुनै पनि प्रकारको अराजकता, गलत क्रियाकलापको विपक्षमा छौँ । तर राज्य कमजोर हुन्छ, राज्य जिम्मेवारीबाट विमुख हुन्छ, देशका प्रमुख राजनीतिक दल, सरकारमा बसेका मानिस नागरिकको सुख सुविधाभन्दा सत्ता केन्द्रित बन्न थाल्छन् भने देशले यस्ता अराजकता बेहोर्नुपर्ने नै हुन्छ’ उनले भने–‘राष्ट्रिय प्रजातन्त्र पार्टीले यस प्रकारको अराजक क्रियाकलापको कहिल्यै पनि समर्थन गर्दैन।’
विगत केही दिनयता व्यवसायी दुर्गा प्रसाईँले सडकमा विभिन्न खालका कार्यक्रम गरी बैंक तथा वित्तीय संस्थाको विरोध र राजसंस्थाको वकालत गर्दै सरकारको विरोध गर्दै आएका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने प्रसाईको आन्दोलनलाई समर्थन गर्दै आन्दोलनलाई सहयोग गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
यो पनि,
- ज्ञानेन्द्रले दियो बाले, दुर्गा प्रसाईले पेट्रोल खोज्ने र केशरबहादुरले आगो झोस्ने !
- केपी ओली नै ज्ञानेन्द्रको आगनमा, राजतन्त्र फर्काउने तयारी!
- बानेश्वरको आन्दोलनमा नआएपछि पूर्वराजाप्रति दुर्गा प्रसाई आगो !
- दुर्गा प्रसाईको आरोपः हिजो पहाडमा घोडा चढेर हिँड्ने सामन्तीहरू बैंक खोलेर लुट्दैछन्
- दुर्गा प्रसाईको अभियानमा कमल थापा जोडिए, सहयोग गर्न कार्यकर्तालाई निर्देशन
- दुर्गा प्रसाईँको ‘कालोमोसो अभियान’मा किन वढ्दैछ जनसमर्थन ?
- के पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा राप्रपाले सरकार छोडेको हो ?
- ओलीका विश्वास पात्र दुर्गा प्रसाईले एमाले छोडे
- राजा फर्काउने अभियानमा लागेका हुन दुर्गा प्रसाई ?