News

बलात्कारको आरोप लगाउने किशोरीसँग फेरी किन सहकार्य चाहान्छन् पल शाह ?

बलात्कारको आरोप लगाउने किशोरीसँग फेरी किन सहकार्य चाहान्छन् पल शाह ?

अभिनेता पल शाहले आफुलाई बलात्कारको आरोप लगाउने किशोरीसँग फेरी पनि सहकार्यको इच्छा राखेका छन्। 

परिवारसँग होली मनाएको तस्वीर सामाजिक सञ्जालमा राख्दै आफुलाई आरोप लगाउने किशोरी र उनीसँग सम्वन्धितहरुसँग फेरी सहकार्य गर्ने बातावरण मिलोस भन्ने कामना गरेका हुन।

बलात्कार प्रकरणमा अदालतबाट सफाइ पाएका अभिनेता शाहले एक वर्षको कारागार जीवनलाई सिकाइको उर्वर सयमको रूपमा लिएको बताएका छन्। उनले मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको पनि उल्लेख गरेका छन् । 

आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्यका साथ अगाडि बढ्ने उनको भनाइ छ । शाहले आफूसँग जोडिएको घटनासँग सम्बन्धित कसैलाई पनि गालीगलौज र नराम्रो व्यवहार नगर्न पनि आग्रह गरेका छन् । 

‘मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा मेरो सदा सम्मान र सद्भाव । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरूसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’– उनले लेखेका छन्।

यो पनि,

पल शाह

विशेष