News

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, पक्राउ गरी कारवाही गर्न माग (पूर्णपाठ)

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, पक्राउ गरी कारवाही गर्न माग (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको हो ।

दाहालले ३ वर्षअघि दिएको अभिव्यक्तिसमेतलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितका व्यक्तिहरूले २ वटा रिट दर्ता गराएका छन्। यसअघि कात्तिक १४ मा सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता नगर्ने निर्णय) गरेको थियो ।

दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । उक्त इजलासले रिट दरपीठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशको लिखित प्रति आइतबार सार्वजनिक भएकोमा मंगलबार रिट दर्ता भएको हो । दाहालविरुद्धको रिटको पेसी बुधबारका लागि पेसी तोकिएको छ ।

दाहालले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।

रिटमा प्रचण्डलाई ५ हजार जनाको हत्या गरेको अभियोगमा कारवाही गर्न माग गरिएको छ। ‘५ हजार व्यक्ति मारेको भन्दै नैतिक जिम्मा लिई सार्वजनिक रूपमा अभिव्यक्ति दिएका दाहाललगायतलाई कानुनबमोजिम हदैसम्मको सजाय गरी पाउन तथा द्वन्द्वकै नाउँमा निवेदकहरूलाई पीडित बनाउने कार्यका लागि जवाफदेही पनि निजलाई नै बनाई राहत, क्षतिपूर्ति परिपूरणको व्यवस्था गर्नू, गराउनू भनी परमादेशको आदेश जारी गरी पाऊँ। निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रकिया अघि बढाउनू भनी अन्तरिम आदेशसमेत जारी गरी पाऊँ,’ निवेदनमा माग गरिएको छ।

सर्वोच्चको आदेशपछि आइतबार विज्ञप्ति निकाल्दै माओवादी केन्द्रले आपत्ति जनाएको थियो। जनयुद्धपछि माओवादीबाट टुक्रिएर छरिएका अन्य दलहरू पनि एकै ठाउँमा उभिएर सर्वोच्चको आदेशको प्रतिवादमा उत्रिएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी केन्द्रसहितको संयुक्त बैठकपछि माओवादी धारबाट आएका आठ पार्टीले द्वन्द्वकालका पीडितहरूले न्यायका लागि गरिरहेको पहललाई शान्तिसम्झौताविरोधी आरोप लगाउँदै त्यसको प्रतिवाद गर्ने बताएका छन्।

यस्तो छ प्रचण्ड विरुद्धको रिट निवेदन

यो पनि,

पुष्पकमल दाहाल प्रचण्ड

विशेष