News मनोरञ्जन

अभिनेता नवाजुद्दिनका छोराछोरी ४५ दिनदेखि बन्धक

अभिनेता नवाजुद्दिनका छोराछोरी ४५ दिनदेखि बन्धक

भारतीय चर्चित अभिनेता नवाजुद्दिन सिद्धिकीले पूर्वपत्नी आलियाका कारण आफूले धेरै दुःख पाएको र आफना छोराछोरी ४५ दिनदेखी बन्धक भएको वताएका छन् ।

नवाजुद्दिनले पूर्वपत्नी आलियासँगको आफ्नो सम्बन्ध, छोराछोरी र आफूविरुद्ध लागेका सबै आरोपको विवरण सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनका अनुसार उनी र आलिया धेरै वर्षदेखि सँगै बसेका छैनन् र बच्चाहरूका कारण मात्रै जोडिएका छन्।


‘मेरा बच्चाहरू भारतमा पछिल्लो ४५ दिनदेखि बन्धकमा छन् र विद्यालय जान पाएका छैनन्।’ उनले लेखेका छन्–‘उनीहरू लामो समयदेखि विद्यालय गएका छैनन् भन्ने चिठ्ठी मलाई दिनहुँ विद्यालयले पठाइरहेको छ।’

उनले पूर्वपत्नी आलियाले लगाएको धेरै आरोपबारे पहिलोपटक मुख खोलेका छन्। नवाजले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन्, ‘मेरो मौनताका कारण म जताततै गलत साबित भएको छु। म धेरै दिन शान्त थिएँ किनभने मेरा बच्चाहरूले यो पूरै नाटक कतै पढेको हुनुपर्छ।’

उनले आफ्नो बारेमा यसरी लेखेका छन–‘हाम्रो सम्बन्ध–विच्छेद भयो, तर सन्तानको खातिर मात्रै जोडिएका थियौँ। सामाजिक सञ्जाल प्लेटफर्म, प्रेस र केही व्यक्तिहरूको समूहले मेरो चरित्र हत्यालाई एकतर्फी रूपमा र भिडिओहरूमार्फत आनन्द उठाए।’

उनले बच्चाको राम्रो पालनपोषणका लागि २ वर्षदेखि हरेक महिना १० लाख रुपैयाँ दिने गरेको उल्लेख गरेका छन्। उनी लेख्छन्, ‘जब उनी मेरा छोराछोरी लिएर दुबई जान्थिन्, मैले उनलाई स्कुलको शुल्क, मेडिकल र यात्रा खर्चबाहेक हरेक महिना ५–७ लाख रुपैयाँ पठाउँथेँ।’

आलियाले पैसाका लागि मात्रै आफू र आमालाई विभिन्न आरोप लगाएको नवाजले बताएका छन्। उनले यसअघि पनि यस्तै प्रकारका आरोप लगाएर मुद्दा दायर गरेको तर पैसा पाएपछि मुद्दा फिर्ता लिएको उनको आरोप छ।
 

नवाजुद्दिन

विशेष