प्रेमी मानवसँग अभिनेत्री सुरक्षा पन्तको इन्गेज्मेन्ट
अभिनेत्री सुरक्षा पन्तले अभिनेता मानव सुवेदीसँग इन्गेज्मेन्ट गरेकी छन्। पन्तले आज बुधबार सामाजिक सञ्जालमार्फत इन्गेज्मेन्टको तस्बिर सार्वजनिक गरेकी छन्।
उनले लेखेकी छिन्–‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ। हामी धेरै खुसी छौं। आशिर्वाद दिनुहोला।’ करिब ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार चितवनको सौराहामा विवाह गर्न लागेको बताइएको छ।
सुरक्षा गत जेठमा फ्रान्समा भएको विश्वकै प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा उपस्थिति जनाए पछि उनी एकाएक चर्चामा आएकी थिइन् । उनको अभिनय भएको अन्तर्राष्ट्रिय फिल्म ‘द एट माउन्टेन्स’ कान्सको प्रतिस्पर्धामा छानिएकाले उनले कान्सको रेड कार्पेटमा हिँड्ने मौका पाएकी थिईन । उनी कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री हुन् ।
सुरक्षाले सन् २०१५ मा आलोक नेम्वाङर्को ‘अझै पनि’ बाट सहायक भूमिकामा अभिनेत्रीको रूपमा डेब्यु गरेकी थिइन् । उनीद्वारा अभिनीत आमा, भैरे, धनपति, अझै पनि, पीर गीत लगायत थुपै्र फिल्मलाई आमदर्शकले मनपराएका छन् । उनले आमा चलचित्रका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छिन ।
सुरक्षा पन्त