News खेल

लिग २ को अन्तिम सिरिजमा सन्दीप र श्याम ढकाल टिममै परेनन्

लिग २ को अन्तिम सिरिजमा सन्दीप र श्याम ढकाल टिममै परेनन्

कीर्तिपुरमा बिहीबारदेखि सुरु हुने लिग २ को अन्तिम त्रिदेशीय सिरिजका लागि नेपालको टोली घोषणा भएको छ। टोलीमा सन्दीप र श्याम ढकाल वाहिर परेका छन्।

नेपाल क्रिकेट संघ क्यानले मंगलबार साँझ घोषणा गरेको टोलीमा यसअघि युएई गएका सन्दीप जोरा र श्याम ढकाललाई बाहिर राखिएको हो। 

एक खेलपछि सन्दीप लामिछाने यूएई पुगेपछि ढकाललाई टोलीबाहिर राखिएको थियो भने जोरा टिममा भए पनि मौका पाएका थिएनन्। यूएईमा मौका नपाएका ललित राजवंशी पनि टोलीमा समेटिएका छन्। 

१४ सदस्यीय टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिस जिसी समेटिएका छन्। 

यस्तै कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, भीम सार्की र ललित राजवंशीलाई पनि टोलीमा समेटिएको छ। 

लिग २ अन्तर्गत अब नेपालले बिहीबार र सोमबार पपुवा न्युगिनीसँग तथा आइतबार र बिहीबार यूएईसँग खेल्नेछ। यी चारवटै खेलमा विजयी भएमा नेपाल विश्वकप छनौटमा पुग्नेछ।

अन्तिम टोलीमा नसमेटिएका सन्दीप जोरा र श्याम ढकालसँगै कमलसिंह ऐरी र अर्जुन साउदलाई रिजर्भ खेलाडीका रुपमा राखिएको क्यानले जनाएको छ। 
 

विशेष