News

अफगानीस्तानमा बीस हजार मेट्रिक टन गहुँ पठाउँदै भारत, ड्रग्स नियन्त्रणमा पनि काम गर्ने

अफगानीस्तानमा बीस हजार मेट्रिक टन गहुँ पठाउँदै भारत, ड्रग्स नियन्त्रणमा पनि काम गर्ने

भारतले ईरानको ‘चाबहार बंदरगाह’ हुँदै अफगानीस्तानका लागि बीस हजार मेट्रिक टन गहुँ पठाउने भएको छ।

भारतीय विदेश मंत्रालयले गत मंगलवार प्रेस रिलीज जारी गरेर दिएको जानकारी अनुसार भारत–मध्य एशिया संयुक्त कार्य समूहको पहलो वैठकले यस्तो निर्णय गरेको हो। बैठकमा भारत, काजाकिस्तान, किर्गिज गणराज्य र ताजिकिस्तानसहित तुर्कमिनिस्तान र उज्यबेकिस्तानका शीर्ष अधिकारीहरु सहभागि थिए।

भारतले यस अघि पाकिस्तान हुँदै गहुँ पठाएको थियो। सन २०२१ मा अफगानीस्तानमा जारी मानविय संकटलाई ध्यानमा राखेर ५० हजार मीट्रिक टन गहुँ पठाउने विश्व खाद्य कार्यक्रमसँग सम्झौता भएको थियो।

यो गहुँ पाकिस्तान हुँदै पठाईएको थियो। तर, पाकिस्तानसँग भएको समझौताको समययावधि सकिएकाले चाबहार पोर्टको प्रयोग गर्नु परेको हो। अफगानीस्तानमा जारी खाद्य संकट विरुद्ध संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमका लागि भारतले सहयोग गर्ने साझेदारी गरेको छ।

भारत र मध्य एशियाका देशहरुबीच हुने यो वैठकका वारेमा गत वर्ष जनवरीमा भएको भारत–मध्य एशिया सम्मेलनका वेला सहमति भएको थियो। सोही सम्मेलनले अफगानीस्तानमा एक विशेष संपर्क समूह बनाउने सहमति गरेको थियो।

भारतले त्यहाँ लागु औषध र त्योसँग सम्वन्धित अपराध नियन्त्रण गर्न ‘यूएनओडीसी’ सँग पनि काम गर्ने जनाईएको छ। भारत सरकारले संयुक्त राष्ट्र संघ अन्तर्गतको यूएनओडीलाई क्षमता विकासका लागि तालिमको कोर्ष तयार गर्ने छ।

योसँगै लागु औषध तस्करी र विशेष गरी अफगानीस्तानी महिलाको पुनर्वासका लागि काम गर्ने जनाईएको छ। 

गहुँ अफगानीस्तान

विशेष