दुर्घटनामा मृत्यु भएका खरालको परिवारलाई बीमा वापतको १० लाख भुक्तानी
एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका रुपन्देहीका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा घर भएका मृतक खरालको दुर्घटनामा मृत्यु भएको थियो। वैंकले दुर्घटना बीमा वापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई हस्तान्तरण गरेको छ।
बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले बस्याललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले हालसम्म २०७९ जना ग्राहकहरुलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाख रुपैयाँ भन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख रुपैयाँ बीमा रकम प्राप्त गरि सकेका छन् ।
बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ ।