News खेल

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर सहयोग

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर सहयोग

पोर्चुगिज फुटवल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका ३ लाख ५० हजार डलर सहयोग गरेका छन् ।

साउदी क्लब अल नासरका लागि खेलिरहेका सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका छन् ।

रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सरसामान पठाएका हुन् ।

आफ्नो आम्दानीको केहि हिस्सा सामाजिक कार्यका लागि दान गर्दै आएका उनले यसअघि आफ्नो देश पोर्चुगलमा बालबालिकाको मस्तिस्क शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर र क्यान्सर केन्द्र स्थापनाका लागि १ लाख ६५ हजार डलर दान गरेका थिए ।

रोनाल्डोले सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दूत भएर पनि काम गरिसकेका छन् । कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतारुलाई उनले १० लाख डलर सहयोगसमेत गरेका थिए ।

रोनाल्डोको पछिल्लो सहयोगप्रति संसारभरका समर्थकहरुले सराहना गरेका छन् । 
 

क्रिष्टियानो रोनाल्डो

विशेष