News

ऋषि धमलाको संयोगः कहिले ‘जोकर’, कहिले ‘पटमुर्ख’ !

ऋषि धमलाको संयोगः कहिले ‘जोकर’, कहिले ‘पटमुर्ख’ !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘जोकर’ भन्दै आलोचना गरेका संचारकर्मी ऋषि धमला ‘पटमुर्ख’ घोषित भएका छन्। 

प्राइम टाइम्स टेलिभिजनमा ‘जनता जान्न चाहन्छन’ कार्यक्रम चलाउने धमलालाई लामिछानेले ५ करोड वार्गेनिङ गरेको आरोप लगाउँदै जोकरको संज्ञा दिएकाथिए। नागरिक्ता प्रकरणमा सांसद पद गुमाएपछि विशेष पत्रकार सम्मेलन गरेर मिडिया र पत्रकारमाथि आक्रोश पोखेका लामिछानेले धमलाई ‘सर्कस चलाउन जोकर चाहिन्छ’ भन्दै आलोचना गरेका थिए।

उनै धमलालाई जनकपुरस्थित जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा ‘पटमूर्ख’ को उपाधि प्रदान गरिएको छ। जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह ‘महामुर्ख’ भएका छन्।

आयोजकले उनीहरुलाई महामुर्ख र पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको हो। मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, विभा ठाकुरलाई गंधपसारैन, अरुण लाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको छ ।

यसैगरी, रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, वीरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी र डा.सोनु कुमार साहलाई बज्रकीट पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरमा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । 

यो पनि,

ऋषि धमला

विशेष