News खेल

लिग २ मा पीएनजीविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

लिग २ मा पीएनजीविरुद्ध आशिफ शेखले बनाए अर्धशतक

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपाली ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन्

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीका ओपनरले उत्कृष्ट सुरुवात गरेका छन्। यससँगै आशिफले अर्का ओपनर कुशल भुर्तेलसँग १०१ रनको पार्टनरशिप पनि गरिसकेका छन्। 

आशिफले ४७ बलमा अर्धशतक बनाउने क्रममा ५ चौका र २ छक्का पनि हानेका छन्। त्यस्तै उनलाई साथ दिइरहेका कुशल भुर्तेलले पनि ५१ बलमा ४३ रन बनाइसकेका छन्। उनले यस क्रमा ६ चौका पनि हानेका छन्। 

नेपालले अहिले १६ ओभरको समाप्तिमा बिना क्षति १०२ रन बनाइसकेको छ। नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर प्रतिश जिसीको स्थानमा ब्याटर कुशल भुर्तेललाई खेलाएको छ। यूएईबाटै ओडीआईमा डेब्यु गरेका प्रतिश भने बेन्चमा छन् ।

यसअघि भएका दुई शृंखलामा नेपालले लगातार पीएनजीलाई पराजित गरेको थियो । नेपाल यो शृंखलाका सबै चार खेल जित्ने लक्ष्य राखेको छ । यसअघि टियू मैदानमा शृंखला क्लिन स्वीप गरेको नेपाली टोली यसपटक पनि दोहो¥याउन चाहन्छ ।

यो शृंखलाका चार खेल जिते नेपालले शीर्ष तीनमा रहेर वर्डकप क्वालिफायर खेल्न पाउने छ । शृङ्खलामा नेपालले पीएनजी र यूएईसँग दुई÷दुई खेल खेल्नेछ । 

नेपालको टिममा आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, भिम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन्।

विशेष