News खेल

नेपालको दुई विकेट झर्यो, कुशल भुर्तेल ४५ रनमा आउट

नेपालको दुई विकेट झर्यो, कुशल भुर्तेल ४५ रनमा आउट

ओपनर कुशल भुर्तेल ४५ रन बनाएर आउट भएका छन् । १८ औँ ओभरको चौथो बलमा राइली ह्याकुरेको हातबाट उनी क्याच आउट भए। 

पहिलो विकेटको लागि ओपनर कुशल र आशिफले दोस्रो ठूलो साझेदारी गरेका थिए। कुशल र आशिफ शेखले १०९ रनको साझेदारी गरेका छन्।

कुशलले ४६ बलमा ६ चौका हान्दै क्याच आउट भए। आशिफ शेख ६३ रन बनाएर खेलिरहेका छन्।

त्यसैगरी क्रिजमा आशिफ शेखलाई साथ दिन आएका कुशल मल्ल पनि २ रनमै आउट भएका छन्। उनी ८ बलमा २ रन बनाउँदा आउट भएका हुन्। अहिले आशिफ शेख ७० रनमा खेलिरहेका छन्। उनलाई साथ दिन आएका ज्ञानेन्द्र मल्ल २ रनमा खेलिरहेका छन्।

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत पपुपा न्यु गिनीसँगको खेलमा नेपालको दुई विकेट गुमेको छ। 

कुशल भुर्तेल

विशेष