नेपालले पीएनजीलाई दियो २९८ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलामा नेपाले पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य दिएको छ। एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको हो ।
नेपाल ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको हो । नेपालको कीर्तिमानी स्कोर बनाउन आसिफ शेखले शतकीय पारी खेले । उनी ११० रनमा आउट भए ।
पहिलो विकेटका लागि ११० रनको साझदोरी गरेका कुशल भुर्तेल व्यक्तिगत ४५ रनमा आउट भए । भीम सार्कीले ४४ रन बनाए । रोहितकुमार पौडेल ३० तथा आरिफ शेख १५ रनमा आउट भए ।
यसअघि नेपालले लिग टू अन्तर्गत नै २ फागुनमा त्रिवि मैदानमा नामिबियाविरुद्ध लक्ष्य पूरा गर्ने क्रममा नेपालले २८७ रन बनाएको थियो ।