राष्ट्रपति चुनावमा मतदान गर्न काठमाण्डौं आएका सप्तरीका सांसद लडेर घाईते

राष्ट्रपति चुनावमा मतदान गर्न काठमाण्डौं पुगेका सप्तरीका प्रदेश सांसद लडेर घाईते भएका छन्।
मतदान गरेर निस्किने क्रममा प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने लडेर घाइते भएका ुन् ।
संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।
उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका उनी मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् ।
उनी सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनी यसअघि एमालेका तर्फबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए।