News मनोरञ्जन

अष्ट्रेलियामा ब्वाईफ्रेन्डसँग मस्ति गर्दै गायीका एलिना चौहान

अष्ट्रेलियामा ब्वाईफ्रेन्डसँग मस्ति गर्दै गायीका एलिना चौहान

चर्चित गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनी एक युवकसँगको टिकटकका कारण चर्चामा छिन्।

उनी अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु सापकोटासँग टिकटकमा देखिएकी छिन्। लोकदोहोरी प्रतिष्ठानको अष्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु र एलिना करिब ६ महिनादेखि अफेयरमा रहेको निकट स्रोतले जनाएको छ।

एलिना गत भदौमा तिजको कार्यक्रमका लागि अष्ट्रेलिया गएका वेला उनीहरुको भेट भएको र प्रेममा परेको स्रोतको दाबी छ । एलिना अष्ट्रेलियाबाट फर्किँदा विष्णु पनि उनीसँगै आएका थिए । उनीहरुले नेपालमा ‘बाजा तालमा’ बोलको गीत गाएका थिए।

एलिना चौहान अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका हुन। करिब दुई वर्षअघि गाएको यो गीत अहिले एकाएक भाइरल भएको हो। अहिले पनि उनी अस्ट्रेलियामा आयोजना हुने कार्यक्रममा सहभागि हुन गएकी हुन।

कार्यक्रमको ब्यवस्थापन विष्णुले नै गरेको बुझिएको छ । विमानस्थलमा एलिनालाई स्वागत गर्न पनि उनी आफैं पुगेका थिए । 

यता विष्णुको टिकटक अकाउन्टमा पनि एलिनासँगका टिकटक भिडियो धेरै छन्। पुस ३० मा एलिनाको एउटा गीतमा डुयट भिडियो बनाएर हालेका थिए, जसको बोल छ– चाहे चलोस् आँधीबेरी, चाहे चलोस् हुरी, कहिले तिमी मेरो साथ नछाड्नु है लुरी’ भन्दै हालेको भीडिओमा एलिनाले ‘ल ल छाड्दिनँ’ भनेर कमेन्ट गरेकी छन् ।

झापा घर भएकी एलिना अहिले पुरानो बानेश्वरमा फ्ल्याट लिएर बसिरहेकी छन् । विष्णुको घर चाहिं बाग्लुङ हो । उनी गीत गाउनुका साथै लेख्ने पनि गर्छन् । विष्णुको लिरिक्समा केही गीत एलिनाले गाएकी छन् । 
 

एलिना चौहान विष्णु सापकोटा

विशेष