News

राष्ट्रपति चुनावपछि कांग्रेस–एमाले सरकार बन्न सक्ने ओलीको संकेत

राष्ट्रपति चुनावपछि कांग्रेस–एमाले सरकार बन्न सक्ने ओलीको संकेत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्न सक्ने संकेत गरेका छन् ।

बिहीवार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने’ ओलीको भनाई छ।

उनले कांग्रेस र एमाले मिल्दै नमिल्ने भनेर कसम नखाएको भन्दै राष्ट्रपति निर्वाचनपछि दुई ठूला दलको सहकार्य हुन सक्ने संकेत गरे।

देशको हितको रक्षा, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमान, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिनेलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक, पालकको हिसावले देशको अभिभावकको भूमिका खेल्ने राष्ट्रपति चाहिएको उनको भनाई छ।

यसअघि संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा नभएपछिर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै ओलीले राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ठ भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको उल्लेख गरे।

विशेष