News मनोरञ्जन

भारतीय हास्य अभिनेता सतीश कौशिकको निधन

भारतीय हास्य अभिनेता सतीश कौशिकको निधन

भारतीय चर्चित हास्य अभिनेता एवं निर्देशक सतीश कौशिकको निधन भएको छ। अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका छन्।

खेरले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन्। ६६ वर्षका कोशिकको हृदयघातका कारण निधन भएको जनाईएको छ। जानकारी अनुसार दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिलाई हृदयघात भएको थियो। हृदयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको निधन भएको हो। र, पोष्टमार्टमका लागि मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए।

बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे।  कौशिकले अभियन गरेका मिस्टर इन्डिया, दिवाना मस्ताना चर्चित फिल्म हुन्। रूप के रानी चोरोंका राजा फिल्मबाट निर्देशनमा आएका कौशिकले हम आपके दिलमे रहेते है, तेरे नामजस्ता चर्चित फिल्म निर्देशन गरेका थिए।

कौशिका पत्नी र एक छोरी छन्।
 

अनुपम खेर सतीश कौशिक

विशेष