News

संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले राष्ट्रपति निर्वाचनमा मतदान गरेनन्

संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले राष्ट्रपति निर्वाचनमा मतदान गरेनन्

राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान नगरेको निर्वाचन कार्यालयले जनाएको छ। संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान गरेनन् ।

राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ सांसद छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य छन् ।

त्यस्तै संघीय संसदका सदस्यहरु वर्षमान पुन, चन्द्र भण्डारी, लक्ष्मी साह कोइरी, टेकबहादुर गुरुङले पनि मतदान गरेनन् । फौजदारी अभियोग लागेका महतो फरार छन् भने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका गुरुङ निलम्बित छन् ।

त्यस्तै पुन र भण्डारी उपचारका क्रममा मुलुक बाहिर छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रवि लामिछाने पदमुक्त भएका थिए भने जसपाका सहनाज रहमानको निधन भएको थियो ।

जसपाकी प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवले पनि बिरामी भएका कारण मतदानमा सहभागी भइनन् ।

राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।

विशेष