मिडियासँग लुकेर सुरक्षा पन्त र मानव सुवेदीले गरे विवाह
‘पीर’ गीतमा अभिनय गरेकी अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज चितवनको सौराहामा विवाह भएको छ। एक रिसोर्टमा भएको विवाहमा मिडियालाई प्रवेश दिईएको छैन।
आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।
कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन् ।