News

अडियो प्रकरणपछि रविलाई चुनावी मैदान छोडेर नैतिक्ता देखाउन दुर्गा प्रसाईको चुनौती

अडियो प्रकरणपछि रविलाई चुनावी मैदान छोडेर नैतिक्ता देखाउन दुर्गा प्रसाईको चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि चर्चामा आएका मेडिकल ब्यवसायी दुर्गा प्रसाईले सवैभन्दा ठुलो फटाहा त्यो पार्टीका सभापति रवि लामिछाने भएको आरोप लगाएका छन् ।

अडियो सार्वजनिक भएपछि एउटा टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा ब्यवसायी प्रसाईले मन्त्री बन्न सांसदहरुसँग पैसा माग्ने अध्यक्षको सवैभन्दा ठुलो गल्ती भएको वताए । समस्यामा परेपछि अहिले एउटा सांसदलाई मात्रै कारवाही गरेर अरुलाई उम्किन दिन नहुने उनको भनाई छ।

‘पार्टीको चै आसय गलत हो। वहाँलाई मन्त्री वन्दा पैसा माग्न हुँदैनथ्यो। पार्टी अध्यक्षले मागोस, जोसुकैले मागोस। कोर टिमले मागोस, जोसुकैले मागोस’ उनले भनेका छन्–‘त्यो पार्टीले नै पैसा माग्न हुँदैनथ्यो। आज वहाँलाई मोहरा वनाएर एक्लै कारवाही गर्न मिल्दैन क्या ?’

यस्तो घट्ना सार्वजनिक भएपछि रवि लामिछानेले चाहीँ नैतिक्ताको आधारमा चुनावको मैदान छोडेर हिड्नु पथ्र्यो भन्दै उनले प्रश्न उठाएका छन्। ‘नैतिक्ताको आधारले साँच्चै हिम्मत भको छोरो हो भने रवि लामिछानले म चुनाव उठ्दिन भनेर हिड्नु पर्छ त्याँबाट’ उनले थपे–‘के को ७२ घण्टामा सत्यतथ्य ? यसको पछाडि म छु, दुर्गा प्रसाई छ। के को गढिमाई उ त्यहाँ दक्षिणकाली मातामा जाउँ न कालो बोको काटेर, कालो बोकाको रगत चाट्दै। किन गढिमाईको कुरा गर्नु ? ठुलो कुरा गरेर हुन्छ ?’

रवि लामिछानेले न्युज ट्वान्टि फोरमा काम गर्दा देखिनै आफुसँग पैसा माग्न थालेको पनि प्रसाईले खुलासा गरेका छन्। ‘यति मात्रै होईन, तपाईहरुले पत्याउनु भएन त्यतिखेर। मसँग पहिला त्यतिखेर २५ लाख रुपैयाँ मागेको। न्यूज ट्वान्टि फोरबाट सिधा कुरा की के कुरा चलाउँदा खेरी त्यतिखेरको कुरा’ उनले भने–‘त्यतिखेर अडियो टेप गर्ने चलन थिएन। म सिधा मान्छे। त्यहीबाट त मलाई खेदो गरेको त वहाँहरुले’

पुर्वमा रविका लागि पैसा उठाउने टिम सकृय रहेको उनले दावी गरे। ‘वहाँहरुको टिमै छ त पैसा माग्ने टिम। मैले भनेको त। नाम किन लिने अहिले, वहाँले न्युज ट्वाण्टी फोर छोडेपछि अहिले ग्यालेक्सीमा भाको छ। ग्यालेक्सी टिभिले भन्नु परोनी त। अस्ति यही केसमा आउँदाखेरी त रवि लामिछानेले ‘यहाँ टिभीमा आउनोस तपाई, हँ...’ भनेर भन्थे त’ उनले भने–‘आज त्यो एउटा चमेराको जस्तो अनुहार गरेको भाई छ एक जना । बुरुक बुरुक उफ्री उफ्री भन्छन्। सोध्नु परोनी त वहाँको कुरालाई।’ 

रविको आलोचना गर्ने क्रममा आफनो अभियान विरुद्ध कार्यक्रम सञ्चालन गर्ने प्रश्तोतालाई समेत उनले ‘चमेरो जस्तो’ भन्दै अपमानित गरे। प्रसाईले पूर्वराजासँग मिलेर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान संचालन गरिरहेका छन्। पूर्व राजा ज्ञानेन्द्रले झापाबाट यो अभियानको उद्घाटन गरेका थिए।

दुर्गा प्रसाई रवि लामिछाने

विशेष