News

२५६ यात्रु बोकेर उडिरहेको एयर इन्डियाको विमानका चालकमाथि यात्रुले नै आक्रमण गरेपछि...

२५६ यात्रु बोकेर उडिरहेको एयर इन्डियाको विमानका चालकमाथि यात्रुले नै आक्रमण गरेपछि...

२५६ यात्रु बोकेर दिल्लीबाट लण्डनका लागि उडेर एयर इन्डियाको विमानका चालकलाई यात्रुले नै आक्रमण गरेपछि उक्त विमान आकस्मिक अवतरण गरिएको छ। 

एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको एयर इण्डियाका एक अधिकारीले वताए । उनको अनुसार सोमबार बिहान साढे ६ बजे हिथ्रो विमानस्थल (लण्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमानको बीचमा भएको झगडाबारे जानकारी गराएका थिए। त्यसपछि १० बजे उक्त विमान दिल्ली विमानस्थलमा फर्काईएको थियो।

घट्नाको विषयमा एयर इन्डियाले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। ‘अप्रिल १०, २०२३ मा दिल्ली–लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इन्डियाको विमान एआइ–१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ।’ विज्ञप्तिमा भनिएको छ–‘मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पु¥याएपछि कमान्डमा रहेका विमान चालकले आफू दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइयो।’

विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एयर इन्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ। आरोपी र पीडित दुवै दिल्ली बाहिरका हुन्।
 

विशेष