News

पक्राउ पर्छन दुर्गा प्रसाई ? यसो भन्न थाले प्रधानमन्त्री

पक्राउ पर्छन दुर्गा प्रसाई ? यसो भन्न थाले प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले यस्तो वताएका हुन। उनले त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन नसकिने बताए। ‘हुलहुज्जतको सहन सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ’ उनले भने।

प्रधानमन्त्रीको यो भनाईले २० लाख भन्दा काम लिने ऋणीको ऋण मिनाह गर्नु पर्ने माग गर्दै किस्ता नदिर्न सुझाव दिदै आएका मेडिकल ब्यवसायी दुर्गा प्रसाई टार्गेटमा रहेको अनुमान गर्न थालिएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाई लघुवित्त र सहकारीप्रति अनुदार देखिएका छन् । देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाउँदै आएका प्रसाईका अनुसार देशका अन्य व्यवसायीहरु आर्थिक संकटमा परेका छन्। 

त्यसैले उनले बैक तथा वित्तिय संस्थाको ऋण नतिर्न आग्रह गरिरहेका छन्। उनकै भनाई अनुसार अहिले वैंक तथा वित्तिय संस्थाको ऋण असुली लगभग रोकिएको छ। ऋण मिनाह हुने आश र भ्रममा रहेका ऋणीले किस्ता वुझाएका छैनन भने वैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु पनि तागेता गर्न डराईरहेका छन्।

यसले देशको अर्थतन्त्रमा नराम्रो असर गरेको अर्थविदहरु वताउँछन्। उनीहरुका अनुसार अहिले देश चरम आर्थिक संकटमा छ। यो कुरा सरकारका मन्त्रीहरुले नै पुष्टि गरिरहेका छन् । २५ चैतमा सुर्खेत पुगेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऋण खोजेर कर्मचारीलाई तलव खुवाउनु पर्ने अवस्था रहेको वताए।

‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ’ उनले भनेका थिए–‘यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं ।’

प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री खड्काको अभिब्यक्ति अनुसार सरकार अव निर्मम ढंगले प्रश्तुत हुने र दुर्गा प्रसाई लगायतका कतिपय ब्यक्ति पक्राउ समेत पर्न सक्ने स्रोतको दावी छ।

प्रसाई तिनै ब्यक्ति हुन जो ०७५ असारमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई घरमा बोलाएर मार्सी चामलको खुवाएर चर्चामा आअएका थिए।

प्रधानमन्त्रीसमेत रहेका ओली र पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मेडिकल कलेज व्यवसायी प्रसाईको घरमा मार्सी चामलको भात खुवाएपछि निकै चर्चा भएको थियो।

पुष्पकमल दाहाल दुर्गा प्रसाई केपी शर्मा ओली

विशेष