News

कसरी सार्वजनिक भयो दुर्गा प्रसाई र ढाकाकुमारको ‘२ करोड’ को अडियो ?

कसरी सार्वजनिक भयो दुर्गा प्रसाई र ढाकाकुमारको ‘२ करोड’ को अडियो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि त्यसलार्ई विभिन्न कोणबाट हेर्न थालिएको छ।

स्वयम श्रेष्ठले अडियो आफनो नभएको दावी गर्दै दुर्गा प्रसाईलाई आफुले चिन्दै नचिनेको बताएका छन् भने प्रसाई भने अहिलेसम्म बोलेका छैनन्। तर, सार्वजनिक भएको अडियोमा भने श्रेष्ठ र प्रसाईले गरेको स्पष्ट कुराकानीले स्वच्छ छवि भनिएका पार्टीका नेता पनि कति निकृष्ट छन भनेर सोच्न बाध्य पारेको छ।

यिनै धेरै चासोहरुका विचमा अहिले यो अडियो कस्ले र किन सार्वजनिक गर्यो ? भन्नेमा पनि धेरैको चासो छ। सांसद श्रेष्ठले अडियोको आवाज आफनो नभएको दावी गरेका छन्। अर्कोतर्फ आफै पातालमा भासिने काम उनले आफैले सार्वजनिक गरे होलान भनेर सोच्न सक्ने अवस्था छैन।

यसैगरी, कुराकानीको सार हेर्दा प्रसाई फोनको रेकर्ड नै नहुने कुरामा विश्वस्त देखिन्छन्। दुवैको कुराकानी ह्वाट्सएपमा भएको पाईएको छ भने प्रसाई यो एप्लिकेशनमा पनि रेकर्ड हुन्छ भन्ने कुरामा अनभिज्ञ छन् छन् । कुराकानीका क्रममा उनले भनेका छन्–‘सल्लाह गरेर अघि बढौंला । अनि फेरि तपाईंसँग एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं केही मतलब भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा।’

प्रसाईको यो भनाईले उनी ह्वाट्सएपका विषयमा पूर्ण जानकार छैनन् भन्ने नै वुझिन्छ। भनेपनि उनीहरु विचको फोन रेकर्ड कस्ले सार्वजनिक गर्यो भन्ने चासो आमरुपमा देखिएको छ। विकाश पाण्डे नामका फेसबुक प्रयोगकर्ता लेख्छन्–‘WhatsAppमा रेकर्ड हुदैन, प्रसाई ढुक्क छन । ‘ढाका’ले रेकर्ड गरेनन होला । नेपालका सरकारी निकायसँग त्यो टेक्नोलोजी शायदै छ होला...। फेरी कसले रेकर्ड गरेछ ?’

उनको यो स्ट्याटसमा अनुज सुवेदीले भने छुट्टै रेकर्डर प्रयोग गरेर रेकर्ड गर्न सम्भव भएको प्रतिक्रिया दिएका छन। तर, अडियो रेकर्ड कसरी भयो र कस्ले सार्वजनिक गर्यो भन्ने विषय भने हालसम्म खुलेको छैन। 

यो पनि,

रवि लामिछाने दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ डा. गोविन्द केसी

विशेष