News

मेयरको सपना त्यागेर सांसद बनेका ढाका, मन्त्री किन्ने योजनामा प्रसाईसँग यसरी मिल्यो टाँका

मेयरको सपना त्यागेर सांसद बनेका ढाका, मन्त्री किन्ने योजनामा प्रसाईसँग यसरी मिल्यो टाँका

२ करोड घुस प्रकरणमा जोडिएका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घोषणा हुँदादेखि नै जोडिएको पाईएको छ।

रास्वपाकै एक नेताका अनुसार स्थानीय निर्वाचनमा पोखरा महानगरमा मेयर बन्न खोजेका श्रेष्ठ अन्तिम समयमा ब्याक भएका थिए। स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने तयारी गरेका थिए उनी  ‘उपयुक्त फोरम’ नपाएको भन्दै पछि हटेको उनको वारेमा जानकारहरु वताउँछन्।

पछि रवि लामिछानेले असार ७ गते पार्टी घोषणा गर्दा श्रेष्ठ काठमाण्डौं मै थिए। लामिछानेले टेलिभिजन कार्यक्रम छाडेर पार्टी खोल्ने घोषणा गरेदेखि नै श्रेष्ठले लामिछानेका नजिकका मान्छेसँग सम्वन्ध वढाएको र पार्टी घोषणा कार्यक्रमपछि कार्यालयमा पुगेर सदस्यता लिएको उनीहरु वताउँछन्।

पार्टी घोषणा भएपछि प्रदेश स्तरिय भेला गर्ने छलफल हुँदा उनले नै पहिलो भेला गण्डकीबाट गर्न सुझाउँदै त्यसको संयोजन गर्ने जिम्मा आफुले लिने प्रश्ताव गरे। नभन्दै पहिलो भेला पोखरामै भयो। उनले काम राम्रो देखाउँदै गए। र प्रदेश कमिटी सभापतिको जिम्मा लिए। चुनावका बेला उनले जनजाति क्लस्टरबाट समानुपातिकमा दाबी गरेर भोटिङका आधारमा पहिलो नम्वरको उम्मेदवार पनि भए।

चुनावमा राम्रो नतिजा आएपछि उनी समानुपातिकबाट सांसद छानिए। माघ ३ गते मन्त्रिपरिषद् विस्तार अघि रास्वपाले विज्ञताका आधारमा मन्त्री पठाउने निर्णय गरेको थियो । त्यसबेला स्वास्थ्य मन्त्रालय पाए डा. चन्दा कार्की र तोशिमा कार्कीबीच कसलाई पठाउने भन्नेमा तीब्र लबइङ चल्यो। त्यस वेला श्रेष्ठले आफुलाई विकल्पको रुपमा अघि सारे।

सोही समयमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको श्रोतको दावी छ। ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए’ उनले भनेका छन्–‘मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’

मन्त्रीमा दाबी गरिरहेका बेला पुस अन्तिममा श्रेष्ठले पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो। कुखुरापालन तथा मासु व्यवसाय गर्दै आएको सहकारीमा नयाँ कार्यसमिति वनेपछि हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप उनीमाथि लागेको थियो। 
 

ढाकाकुमार श्रेष्ठ

विशेष