News

बालकलाई जिव्रोमा चुम्बन गर्न लगाएपछि दलाई लामा विवादमा

बालकलाई जिव्रोमा चुम्बन गर्न लगाएपछि दलाई लामा विवादमा

एक बालकलाई आफनो जिव्रोमा चुम्बन गर्न लगाएको भिडियो सार्वजनिक भएपछि तिब्बती धर्मगुरू दलाई लामाले सार्वजनिक रुपमा माफि मागेका छन् । उक्त भिडियोका कारण चौतर्फी आलोचना भएपछि उनले माफी मागेका हुन् ।

उक्त घटनाप्रति विज्ञप्ति जारी गरेर लामाले खेद व्यक्त गरेका छन्। ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु’– विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक भएको भिडियोमा भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरू दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको देखिएको छ।

उक्त भिडियोको चौतर्फी आलोचना भएपछि उनले सोमबार विज्ञप्ति जारी गरेर सार्वजनिक माफी मागेका हुन् । विज्ञप्तिमा दलाई लामाले अधिकांश मानिससँग यसरी जिस्किने गरेको उल्लेख छ । 
 

दलाई लामा

विशेष