News

आफनो पनि अडियो सार्वजनिक हुने आशंकाले विचलित रवि लामिछाने !

रास्वपामा अझै छन् टेप प्रकरण ? के हो ज्ञानन्द्रसँगको हिमचिम ?

आफनो पनि अडियो सार्वजनिक हुने आशंकाले विचलित रवि लामिछाने !

ढाकाकुमारले ‘आफनो सांसद पद जाने भो, कुरा मिलाई दिनु पर्यो’ भन्दै दुर्गा प्रसाईका मान्छेलाई फोन गरेको अडियो सार्वजनिक भएपछि ट्वीटर प्रयोगकर्ता निर्मल सेढाईले रास्वपाका सभापति रवि लामिछानेको अडियो पनि सार्वजनिक हुन सक्ने आशंका ब्यक्त गरे।

उनको अनुमान अनुसार वैशाख १० गतेको उपनिर्वाचन अघि नै रविको टेप प्रकरण वाहिर आउने सम्भावना छ। पछिल्लो समयमा लामिछानेको हिमचिम पूर्वराजा ज्ञानेन्द्रसँग पनि वढेको जानकारी दिदै उनले ट्वीटरमा लेखेका छन्–‘ढाकाकुमार कै अर्को ताजा अडियो आएछ, चुनाव भन्दा अघि रवि लामिछानेको पनि आउने सम्भावना छ। विचमा राजा ज्ञानेन्द्रसँग हिचमीच देखिएको थियो, उनको पनि अडियो आउन सक्छ। असम्भव केही देखिएन।’

‘सबैको नाडी छामिसकेछन् र यति निडर भई बोल्दा रहेछन् दुर्गा प्रसाईं।’ भन्दै उनले रास्वपाभित्र अझै धेरै प्रकरण लुकेको हुन सक्नेमा आशंका जनाएका छन्। प्रसाई मात्र होईन, रास्वपाका कतिपय नेता नै यो प्रकरणको पुनरावृत्ति हुन सक्ने बताउँन थालेका छन्।

केही सांसदहरूका अनुसार रास्वपाका यस्ता टेप थप केही आउने अवस्था छ। पार्टीमा नयाँ व्यक्तिहरूको प्रवेशले कुनै पनि बेला समस्या ल्याउने खतरा अझै रहेको उनीहरु वताउँछन् ।

यद्यपी ढाकाकुमारको आर्थिक लेनदेनको टेप बाहिरिने जानकारी भने रविलाई पहिला नै थियो। तर, उपचुनावअघि अडियो बाहिर नआउने आँकलन गरेका उनी चुनाव अघि नै भुमरीमा फसेपछि भने विचलित भएको नेताहरु वताउँछन् ।

स्रोतका अनुसार यही आशंकाका कारण केही सांसदलाई फिर्ता बोलाउने तयारी समेत लामिछानेले गरेका थिए। फिर्ता बोलाउन प्रमाण चाहिने भएकाले उनी प्रमाण जुटाउने काममा समेत लागेका थिए। यद्यपी श्रेष्ठ प्रकरण वाहिर आएपछि उनले त्यो मौका नै नपाएको पार्टी स्रोत वताउँछ।

श्रेष्ठलाई कारवाही गरेर पार्टीको इज्जत वचाउने कुरामा पनि लामिछाने अन्यौलमा परेका छन्। उनको कोर टिममा रहेका भनेका नेताहरु नै ढाकाकुमारलाई कारवाही गर्न नहुने पक्षमा उभिएपछि उनको जोर चलेको छैन।

रास्वपा सरकारमा हुँदा श्रममन्त्री रहिसकेका डोलप्रसाद अर्यालले नै टेप प्रकरणमा ढाकामाथि कारबाही नगर्ने गरी छानविन समिति मात्रै बनाउन दबाब दिन थालेपछि रवि समस्यामा परेका हुन। अर्यालको यो प्रश्तावपछि श्रेष्ठलाई कारवाही गर्ने÷नगर्ने विषयमा मतभेद छ। सभापति लामिछाने र महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल कारबाही गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् भने उपसभापति अर्याल श्रेष्ठलाई तत्काल कारबाही गर्न नहुने पक्षमा छन्।

यो पनि,

रवि लामिछाने दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ निर्मल सेढाई

विशेष