News

महराको दाबी– ‘प्रचण्ड गोटी मात्रै हुन, सत्ता अदृष्य शक्तिले चलाउँछ

महराको दाबी– ‘प्रचण्ड गोटी मात्रै हुन, सत्ता अदृष्य शक्तिले चलाउँछ

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले सरकार अदृष्य शक्तिले संचालन गरिरहेको वताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘गोटी’ मात्रै भएको संकेत गरेका छन्।

गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले नेपालको सत्ता नेपालीले नभएर ‘अरु कसैले’ संचालन गरिरहेको दाबी गरे। ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’– उनले भने।

तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् । ‘हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो’ उनले भने–‘जो प्रधानमन्त्री भए पनि हुने यही हो।’

यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्वपूर्ण मुद्दा टुंगोमा पु¥याउनुपर्नेमा जोड दिएका थिए । उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने बताए । महराले भने –‘अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ।’
 

कृष्णबहादुर महरा

विशेष