News

ढाकाकुमार प्रकरणमा अर्को अडियोः यसरी हुँदैछ खुरापात

ढाकाकुमार प्रकरणमा अर्को अडियोः यसरी हुँदैछ खुरापात

रास्वपाका सांसद ढाका कुमार प्रकरणमा अर्को अडियो सार्वजनिक भएको छ। दोस्रो अडियोमा भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग र आफुलाई ढाकाकुमारको भाई भन्ने ब्यक्तिबीच कुराकानी भएको छ।

अडियोमा ती व्यक्तिले दाईको सांसद पद जाने भयो भन्दै बचाई दिन आग्रह गरेका छन् । उनले दाई (ढाकाकुमार)ले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् ।

‘पार्टीले अब कारबाही गर्ने भयो । दाइ साधारण सदस्य पनि नरहने, सांसद पनि जाने भयो’ उनले भनेका छन्–‘दाइलाई फसाए । हजुरले यसो बुझ्दिनु प¥यो यो कुरालाई ।’ त्यसपछि प्रसाईंले यसमा ढाका कुमारको नभइ रवि लामिछानेको दोष रहेको भन्दै ढाका कुमारलाई सहयोग गर्न तयार भएको बताउँछन् ।

‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?’ भनेपछि दुर्गा प्रसाईं भन्छन– ‘म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’ दाइले ‘एकचोटि कुरा गर न त’ भनेर भनेकाले आफूले फोन गरेको उनले वताएका छन्।

यसैगरी, दुर्गा प्रसाईंका सहयोगी यदु गौतम र ढाकाकुमारको पनि अडियो छ। गौतमलाई फोन गरेर उनले मध्यस्थताका लागि आग्रह गरेका छन्। उनले आफूलाई बचाइदिन गौतमलाई अनुरोध गरेका छन्। 

‘दुर्गाजीले मेरो अडिओ (अघिल्लो) को बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थता गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर । अब यो नहुने कुरालाई बढाएर के फाइदा?’ ढाकाले भनेका छन्।

यो पनि,

रवि लामिछाने दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ

विशेष