News

ढाकाकुमारको कारवाही रोक्न ‘कोर टिम’ सकृय, यि हुन पर्दा पछाडिका खेलाडी

जनताको आँखामा ‘ढाका’ को पर्दा हालेर अरुलाई वचाउने षडयन्त्र

ढाकाकुमारको कारवाही रोक्न ‘कोर टिम’ सकृय, यि हुन पर्दा पछाडिका खेलाडी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले रवि लामिछाने र उनको कोर टिमका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेपछि कोर टिममा को–को छन् भनेर चासो वढेको छ।

सांसद ढाकाकुमार र प्रसाई बीच भएको कुराकानीको अडियोमा उनले रविको कोर टिमले आफुसँग मन्त्री बन्नका लागि अढाई करोड घूस मागेको बताएका छन्। त्यसका लागि आफुलाई दुई करोड सहयोग गर्न श्रेष्ठले प्रसाईलाई आग्रह गरेका छन्।

उनी प्रसाईंलाई पार्टीभित्र २/३ जनाको ‘कोर टिम’ भएको र उक्त टिमलाई साँझसम्म दुई करोड रुपैयाँ दिन सके आफू मन्त्री बन्ने बताउँछन् । ‘एउटा कोर टिम छ, दुई–तीन जनाको । मलाई साढे दुई जति चाहियो भनिरहेका थिए हिजो । आज साँझ मैले फिक्स गर्नु छ क्या दाइ । मेरो पक्का चाहिँ पक्का भयो,’ श्रेष्ठले प्रसाईंसँग भनेका छन्, मन्त्री पनि बन्नुप-यो । स्वास्थ्य क्षेत्र धोइपखाली सुधार पनि गर्नुप¥यो त्यसमा तपाईंहरूको सहयोग र सपोर्ट चाहियो भन्ने कुरा नै हो ।’

तर, उनले त्यो ‘कोर टिम’मा को छन् भनेर खुलाएका छैनन् । यद्यपी, महामन्त्री एवम प्रवक्ता मुकुल ढकाल समेत त्यो टिममा नरहेको उनको भनाई छ। ‘मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो’ उनले भनेका छन् ‘अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।’

अहिले रास्वपाभित्र पनि यो ‘कोर टिमका सदस्यहरू’ बारे अनुमान र चर्चा बढेको छ। रास्वपाका केही नेताहरूका अनुसार सभापति रविको ‘कोर टिम’ मा केन्द्रीय सदस्य दीपक बोहरा र उपसभापति डोलप्रसाद अर्याल छन्। रास्वपा सरकारमा हुँदा श्रममन्त्री रहिसकेका अर्यालले टेप प्रकरणमा ढाकामाथि कारबाही नगर्ने गरी छानविन समिति मात्रै बनाउन प्रस्ताव गरेको श्रोतको दावी छ।

उनको यो प्रश्तावपछि श्रेष्ठलाई कारवाही गर्ने/नगर्ने विषयमा मतभेद समेत बढेको छ। सभापति लामिछाने र महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल कारबाही गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् भने उपसभापति अर्याल श्रेष्ठलाई तत्काल कारबाही गर्न नहुने पक्षमा छन्।

सभापति लामिछानेले ७२ घण्टाभित्र कारबाही गर्नेगरी अनुसन्धान समिति गठन गरिसकेका छन्। २६ चैतमै बनेको समितिमा डा भरतमणि देवकोटा लगायत चार जना छन्। उपसभापति अर्यालले अन्य दलको अभ्यासको उदाहरण दिदै छानविन समिति मात्र बनाएर जान सुझाव दिएका छन्।
यो पनि,

दीपक बोहरा रवि लामिछाने दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ डोलप्रसाद अर्याल

विशेष