News खेल

आइपिएलको उद्घाटन खेलमा धोनीसँग हात नमिलाउँदा भाइरल भए हार्दिक पाण्ड्या

आइपिएलको उद्घाटन खेलमा धोनीसँग हात नमिलाउँदा भाइरल भए हार्दिक पाण्ड्या

भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण शुक्रवारदेखि सुरू भएको छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु भएको पहिलो खेल अघि भव्य उद्घाटन समारोहको आयोजना गरिएको थियो।

उद्घाटन खेल अलराउन्डर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाईबीच हुन गईरहेको थियो। सोही कार्यक्रमको अन्त्यमा देखिएको एउटा दृष्य अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।

चेन्नइ सुपर किङग्स र गुजरात टाइटन्सविचको पहिलो खेल अगाडि उद्घाटन समारोहको अन्त्यमा हार्दिक र चेन्नेइका कप्तान एमएस धोनीलाई अगाडि बोलाइएको थियो। हार्दिकले मञ्चमा रहेका जय शाह, अरुण धूमल अनि रोजर बिन्नीसँग हात मिलाए। तर उनले धोनीसँग हात मिलाएनन्। जबकि सबैभन्दा अगाडि धोनी नै उभिएका थिए। अहिले यो भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय भएको छ।

तर खेल प्रारम्भ हुन अगाडि टस गर्ने बेलामा भने हार्दिकले मज्जाले धोनीको प्रशंसा गर्दै उनलाई आफ्नो मार्गदर्शक भएको बताएका थिए। आइपिएलको उद्घाटनमा अरजित सिंह, तमन्ना भाटिया र रश्मिका मन्दनाले प्रस्तुति दिएका थिए। 

पहिलो खेल चेन्नई सुपर किङ्सलाई पाँच विकेटले पराजित गर्दै गुजराज टाइटन्सले जितेको छ।

विशेष