News

सेटिङमा उन्मुक्ति पाएका रविको दावी– राहदानी छानबिनमा सौजावाजी गरेको छैन

सेटिङमा उन्मुक्ति पाएका रविको दावी– राहदानी छानबिनमा सौजावाजी गरेको छैन

सेटिङमा राहदानी प्रकरणबाट उन्मुक्ति पाएका रास्वपाका सभापति रवि लामिछानेले आफ्नो राहदानीको छानबिनमा कुनै सौजावाजी नगरेको दाबी गरेका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अधिकारप्राप्त निकायले गरेको निर्णय स्वीकार गरेको दाबी गरे।

प्रहरीले रविले राहदानी दुरुपयोग गरेको उजुरीबारे छानबिन गर्दै मुद्दा चलाउनु नपर्ने राय सुझाव दिएको थियो। सोही राय सुझावको आधारमा जिल्ला अनि उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयले न्यायिक परीक्षणमा नलगी मुद्दा नचल्ने निर्णय गरेको थियो।

उनले आफूले सधैं अनुसन्धानमा सघाउने गरेको भन्दै पासपोर्टको अनुसन्धानमा पनि सघाएको र कुनै प्रभाव नपारेको दाबी गरे। ‘प्रभाव पारेको भए मुद्दा जित्थे होला। प्रहरीले अनुसन्धान गरेको छ। बयान दिएको छु’ उनले भने–‘महान्यायाधिवक्ताको कार्यालयसम्म गएको छ। सौदाबाजी गरेको छैन।’

उनले ट्विट गर्दै खुट्टामा काँडा बिझ्दा झुकेको मात्र भन्ने धारणामा आधारित भएर पत्रकारले प्रश्न सोधेका थिए। उत्तरमा उनले त्यो काँडा झिकिइसकेको र घाउमा खाटा बसिसकेको भन्दै अब त्यो बल्झन नहुने बताए। 

यो पनि,

रवि लामिछाने

विशेष