News

रविको रास्वपा: ‘लिङ्ग नछुट्टीएको जेब्रा’, घोडा र गधा जे भनेपछि हुने

रविको रास्वपा: ‘लिङ्ग नछुट्टीएको जेब्रा’, घोडा र गधा जे भनेपछि हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गत माघ २१ र २२ गते सम्पन्न केन्द्रीय कमिटीको पाँचौं बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संसद्भित्र र बाहिर रहेका दलहरूको व्याख्या गरे।

मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील रहेको जनाउँदै उनले संसद्भित्र रहेका ११ दलको चरित्र चित्रण गरे। जसमा प्रतिनिधि सभाको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि समावेश छ।

नेपालले रास्वपालाई दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही नभएको र प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोप्रिय नारा दिएर उदाएको पार्टीका रुपमा ब्याख्या गरेका छन्।

‘प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पुँजीपति वर्ग चरित्रको पार्टी हो । यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन । संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन’ प्रतिवेदनमा भनिएको छ–‘यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोप्रिय नारा दिएर उदाएको पार्टी हो । सस्तो लोप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ । यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ ।’

पछिल्लो घट्नाक्रमले अध्यक्ष नेपालको प्रतिवेदनलाई पुष्टि गर्दै गएको छ। रास्वपाले छोटो समयमा नै निकै उतार चढाव ब्यहोरी सकेको छ। नागरिक्ता प्रकरणमा स्वयम सभापति रवि लामिछानेले संसद पद गुमाए। अहिले पनि राहदानी प्रकरणमा उनले मुक्ती पाएका छन्।

लगत्तै सांसद ढाकाकुमार श्रेष्ठको २ करोड घुस प्रकरणले पार्टीको नैतिक्तामाथि नै प्रश्न उठेको छ। यी र यस्तो प्रकरण हेर्दै जाँदा समग्रमा रास्वपा पद, प्रतिष्ठा र पैसामा केन्द्रित छ। यो पार्टीको नत सिद्धान्त छ, नत दर्शन, विचार र कार्यदिशा नै छ।

रास्वपाको यो चरित्रलाई अग्रज पत्रकार कुसुम भट्टराईले विवादित सांसद श्रेष्ठले जारी गरेको एउटा विज्ञप्तिसँग तुलना गरेर स्पष्ट रुपमा प्रष्ट्याई दिएका छन् । मन्त्री बन्न पार्टीको कोर टिमले साढे २ करोड मागेको भन्दै मेडिकल ब्यववसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि मिति समेत उल्लेख नगरी हतार हतारमा जारी गरिएको प्रेस विज्ञप्तिका त्रुटिलाई आधार मानेर पत्रकार भट्टराईले रास्वपाको चरित्र चित्रण गरेका छन्।

‘कपालमा जेल दलेर सिधाकुरामा चिच्याउने रवी लामिछानेले जब ढाका टोपी ढल्काएर राजनीतिमा होमिए, उनको हालत पनि ढाकाकुमारको यो विज्ञप्ति झैं हिज्जे र व्याकरण नमिलेको लेखोटजस्तै भएको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘खासमा सिंगो रास्वपा अहिले राजनीतिको हिज्जे र व्याकरण नमिलेको पार्टी हो । न त योसँग कुनै विचार छ, न कुनै भिजन । लिंग नछुट्टीएको एमाले झैं रास्वपा पनि एउटा जेब्रा दल नै हो, जसलाई घोडा भने पनि हुन्छ, उँट भने पनि हुन्छ । खासमा यो के हो, कसैलाई थाहा थिएन । अहिले बल्ल खुल्यो, रास्वपामा कसैलाई मन्त्री बनाइदिन दुइ करोडसम्म असुल्ने हार्डकोर समूह रहेछ ।’

पत्रकार भट्टराई रास्वपालाई विदेशीले परिचालित गरेको पार्टीका रुपमा पनि आशंका गरेका छन्। ‘अब यो समूह नेपालमै बसेर रिमोट चलाइरहेको छ कि विदेशमा बसेर ? यो कोर समूहमा को को छन् ? त्यो चाहिँ थाहा हुन सकेको छैन’ उनले अगाडि लेखेका छन्–‘जे होस्, यसबाट पनि स्पष्ट हुन्छ, स्वर्णीम वाग्लेहरु किन रास्वपामा प्रवेश गरे भनेर । आखिर खजाना जहाँ छ, लोभीपापीहरुको आँखा त्यतै गडने न हो । रास्वपाको ख्याती भजाएर दाम कमाउने गिरोह सलबलाइसकेको छरपस्टै छ । यसैले त अब हिज्जे र व्याकरण मिल्न छाडेको छ र रास्वपा यो फोटोजस्तै गज्याङ मज्याङ देखिन थालेको छ ।’

यो पनि,

रवि लामिछाने दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ कुसुम भट्टराई

विशेष