News

रकी भाईले तोके सलमान खानको डेथ डे, अप्रिल ३० मा मार्ने धम्की

रकी भाईले तोके सलमान खानको डेथ डे, अप्रिल ३० मा मार्ने धम्की

रकि भाई नामका एक ब्यक्तिले प्रहरीलाई फोन गरेर बलिउड अभिनेता सलमान खानको हत्या गर्ने धम्की दिएका छन् ।

मुम्बई प्रहरीलाई सोमबार फोन गरेर ति ब्यक्तिले यस्तो धम्की दिएका हुन्। फोन गर्ने व्यक्तिले आफू राजस्थानको जोधपुरमा रहेको वताएका छन्।

अप्रिल ३० मा सलमानलाई मार्ने उने बताएका छन्।

सलमान खानलाई यसअघि पनि ज्यान मार्ने धम्की आएको थियो। यस मामिलामा जोधपुर निवासी ढाकड रामलाई पक्राउ गरिएको छ।

उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए। जसमा सलमान जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै मारिने लेखिएको थियो। 

एकपछि अर्को धम्की आउन थालेपछि सलमान खानले नयाँ बुलेटप्रुफ गाडी किनेका छन्। यो गाडी विदेशबाट मगाईएको हो। अहिलेसम्म भारतीय वजारमा उनले प्रयोग गरेको गाडी लन्च भएको छैन।

लामो समयदेखि सलमान खान ग्याङस्टार गोल्डी बराड़ र लरन्स बिश्नोईको निशानामा छन्। करीब १ महीने पहिला ग्याङस्टार लरेन्स बिश्नोईले जेटमा वसेर सलमान खानलाई धम्की दिएका थिए। टीवी च्यानल एबीपीलाई अन्तरवार्ता दिदै लरेन्सले भनेको थियो–यदि सलमानले विश्नोई समाजसँग माफी नमागे त्यसको नतिजा भोग्न तयार रहनु।’

लरेन्स बिश्नोईले भनेको छ– कालो हरिण बिश्नोई समाजमा पुजनीय जनावर हो। जसलाई सलमान खानले मारेका थिए। यही कारण विश्नोई सलमानसँग वदला लिन चाहान्छ। सलमान विरुद्ध हरिण मारेको आरोपमा मुद्दा समेत चलेको थियो। तर, उनले अहिलेसम्म माफी मागेका छैनन्।

सलमान खान

विशेष