News

सरकारको निर्णय नै बेपत्ता, रेणु दाहालको खुसी फेसबुकमै सिमित

सरकारको निर्णय नै बेपत्ता, रेणु दाहालको खुसी फेसबुकमै सिमित

भरतपुर महानगरपालिकाकी मेयर एवम् प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहालले चैत २० गते एउटा अनलाईन पोर्टको समाचार लेख्दै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारको स्वामित्वमा बन्न लागेको भनेर खुसी ब्यक्त गरिन्।

उनले खुसी मात्रै ब्यक्त गरिनन् सार्वजनिक नै नभएको निर्णयको अपुस्ट आधार बनाएर पितालाई धन्यवाद दिन समेत भ्याईन। उनले फेसवुकमा लेखिन– ‘अथक प्रयासपश्चात हामी सबैको सपना गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्य पूरा हुँदै। बधाई छ चितवनबासी लगायत सम्पुर्ण खेलाडीहरूमा। साथै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यु एवम् नेपाल सरकारलाई हार्दिक धन्यवाद!’

समाचारको लिंकसहितको उनको फेसबुक स्ट्याटस अहिले पनि सुरक्षित छ। यतिमात्रै होईन, प्रधानमन्त्रीकै पहलमा उक्त निर्णय भएको भनेर दाहालको सचिवालयले समाचार पनि सार्वजनिक गर्यो। तर सरकारले गरेको भनिएको उक्त निर्णय वाहिर नआउँदै वेपत्ता भएको छ।

सरकारले गरेका निर्णय सार्वजनिक गर्दा अहिलेसम्म उक्त निर्णय सार्वजनिक भएको छैन। सरकारका निर्णय सार्वजनिक गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा समेत उक्त निर्णय अहिलेसम्म पुगेको छैन। 

उक्त निर्णयको विवरण अहिलेसम्म मन्त्रालयमा आइनपुगेको एक अधिकारीले वताए । स्रोतका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माणका क्रममा लागेको भनेको १८ करोड ऋणको स्वामित्वको विषयमा सरकार अलमलमा परेको छ।  त्यसको अध्ययनपछि स्वामित्व लिने विकल्प र ऋण तिर्ने उपायबारे निष्कर्षपछि मात्रै थप निर्णय हुने जनाईएको छ।

यता, सरकारले रंगशाला निर्माणको जिम्मा लिने भएपछि सिताराम कट्टेल (धुर्मुस) र पत्नी कुञ्जना घिमिरे (सुन्तली) चितवन पुगेर रुघिरहेका छन्। पार नलाग्ने अवस्था आएपछि उनीहरु फेरी निराश वनेका छन्।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

विशेष