News विदेश

इन्स्टाग्राममा लाइभ गरेर ४ जना सहकर्मी र १ प्रहरीसहित पाँच जनाको हत्या

इन्स्टाग्राममा लाइभ गरेर ४ जना सहकर्मी र १ प्रहरीसहित पाँच जनाको हत्या

अमेरिकामा यस वर्ष पनि लगातार सामूहिक गोलीकाण्डका घटनाहरू सार्वजनिक भइरहेका छन् । सोमबार मात्र अमेरिकाको लुइसभिल्लेमा एक व्यक्तिले इन्स्टाग्राममा लाइभ गरेर आफ्ना चार सहकर्मीको हत्या गरेका छन् । ती आक्रमणकारीबाट पाँच जनाको मृत्यु भएको छ । मृतक अर्का व्यक्ति भने प्रहरी हुन् ।

केन्टुकी राज्यका प्रहरीका अनुसार २५ वर्षीय बैंकका कर्मचारी कनर स्टर्जियनले आफूले काम गर्ने ओल्ड नेसनल बैंकमा अन्धाधुन्ध गोली चलाएका थिए । 

मृतक प्रहरी ६३ वर्षीय टमी इलियट हुन् । अन्य मारिने व्यक्तिहरू भने हत्यारा कनरकै सहकर्मी थिए । अन्य मारिने व्यक्तिहरू जोसुवा ब्यारिक, जुलिना फार्मर, जेम्स टट् र डिना इस्कर्ट रहेको प्रहरीले बताएका छन् ।

आक्रमणकारीको पनि जवाफी कारबाहीमा मृत्यु भएको छ । गोलीकाण्डको भिडिओ लाइभ थियो । इन्स्टाग्रामले यस गोलीकाण्डको भिडिओ यतिबेला हटाइसकेको छ ।

प्रहरीका अनुसार आक्रमणकारीले सेमी अटोमिक राइफलबाट अन्धाधुन्ध हमला गरेका थिए । केन्टुकी राज्य अमेरिकाको ती २६ राज्यमध्य पर्छ जहाँ २१ वर्ष पुगेकाले लाइन्सेन्सबिनै बन्दुक खरिद गर्न पाउँछन् ।

अमेरिकामा बन्दुक हिंसाको तथ्यांक राख्ने गन भायोलेन्स आर्काइभका अनुसार यस वर्ष बन्दुकबाट भएको हिंसामा परेर ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सो अवधिमा १४६ पटक सामूहिक गोलीकाण्डका घटना भएका छन् ।

अमेरिकामा यतिबेला धेरै गोली क्षमताका बन्दुकहरू खरिद बिक्रीमा प्रतिबन्ध लगाइनुपर्छ भनेर आवाज उठिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाप्रति दुःख व्यक्त गर्दै अब धेरै गोली क्षमताका बन्दुकहरू प्रतिबन्धित गरौँ  भनेर विपक्षी पार्टी रिपब्लिकनका सांसदहरूलाई सदनमा यस विषयमा छलफल गर्न आह्वान गरेका छन् । रोयटर्स 

विशेष