पूर्वमा भुकम्पको धक्का, भारत केन्द्रबिन्दु

मुलुकको पुर्वी क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ। बुधवार विहान ५ः५० मा भुकम्पको धक्का महसुस गरिएको हो।
भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का नेपालका सीमावर्ती जिल्लामा पनि महसुस भएको छ। नेपालका मोरङ, सुनसरी, सप्तरी र उदयपुर जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।