News

जिप दुर्घटनामा परी घटनास्थलमै ६ जनाको ज्यान गयो

जिप दुर्घटनामा परी घटनास्थलमै ६ जनाको ज्यान गयो

बैतडीको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ। 

मध्यराती भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटनामा परेको डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।

दुर्घटनामा जिपको पछाडि रहेका केही व्यक्तिले भने हाम फालेर ज्यान जोगाएको उनले वताए।
 

विशेष