रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारी झडप, ६ जना प्रहरी घाईते

रौतहटमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जना प्रहरी घाईते भएका छन्।
गरुडामा भएको झडपमा प्रदर्शनकारी तर्फ भने एक जना घाइते भएको जनाईएको छ । झडपमा परेर गरुडा–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।