News

अस्पतालमा आगलागी हुँदा भागदौडमा परी एकजनाको मृत्यु

अस्पतालमा आगलागी हुँदा भागदौडमा परी एकजनाको मृत्यु

सिरहाको सिरहा स्थित प्रादेशिक अस्पतालमा आगलागी भएको छ। सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो। 

विद्युत सर्ट भएर दिउँसो २ बजे आगलागी भएको हो। आगलागी हुँदा बिरामीहरुको भागाभाग भएको थियो। 

बिरामीहरुको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सीका ६० वर्षीय प्रदिप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु जनाईएको छ।
 

विशेष