News

पार्टीको वैठकअघि रवि, डोलप्रसाद र ढाकाकुमारको गोप्य बार्ता, के भयो छलफल

पार्टीको वैठकअघि रवि, डोलप्रसाद र ढाकाकुमारको गोप्य बार्ता, के भयो छलफल

मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय लिन रास्वपाको वैठक वसिरहेको छ।

वैठकमा सहभागि हुन सभापति रवि लामिछाने चितवनबाट सिधै वसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालय आईपुगेका छन्। दिउँसो २ बजे बस्ने भनिएको बैठक सभापति रवि लामिछाने चितवनबाट आउन समय लागेपछि केहीबेरअघि सुरु भएको हो।

सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा प्रचार प्रसारलाई स्थगित गरेर स्थलमार्गदेखि काठमाडौं आइपुगेका हुन्। रकम मोलमोलाई प्रकरणमा श्रेष्ठले लिखित स्पष्टीकरण र १ घण्टा मौखिक बयान पनि दिइसकेका छन्।

डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचरण समितिले ढाकाको लिखित स्पष्टीकरण र मौखिक बयान पनि समावेश गरेर उनलाई कारबाही चलाउनुपर्ने सिफारिस सभापति लामिछानेसमक्ष गरिसकेको छ।

उक्त सिफारिसअनुसार श्रेष्ठमाथि कारबाही गर्ने नगर्ने निर्णय लिन अहिले रास्वपा बैठक बसिरहेको छ। वैठकअघि ढाकाकुमार पनि पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन्। वैठकअघि रवि र ढाकाका बीचमा छलफल समेत भएको छ।

उनले यदि आफूमाथि कारबाही हुने अवस्था आएमा प्रसाईसँगको लेनदेन प्रकरणमा जोडिएका कोर टिमका सदस्यहरुको सबै पोल खोलिदिने चेतावनी दिएका छन् । यही प्रकरणपछि लामिछानेले उनीसँग छलफल गरेका हुन।

सभापति लामिछानेले कोर टिमको सदस्यका रुपमा चिनिएका उपसभापति डोरप्रसाद अर्याललाई राखेर श्रेष्ठसँग छलफल गरेको जनाईएको छ। 

यो पनि,

रवि लामिछाने ढाकाकुमार श्रेष्ठ दुर्गा प्रसाई रास्वपा

विशेष