दुर्गा प्रसाईसँग २ करोड मागेको अडियो आफनै भएको ढाकाकुमारले स्विकारे

मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो आफनो नभएको र प्रसाईलाई आफुले चिन्दै नचिनेको दावी गर्दै आएका सांसद ढाकाकुमार श्रेष्ठले उक्त अडियो आफनै भएको प्रमाणित गरेका छन्।
मन्त्री बन्न घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता श्रेष्ठले पार्टीलाई बदनाम गराउन पुरानो अडियो रेकर्डलाई अहिले सार्वजनिक गरिएको बताएका छन् । उनले जनवरीमा भएको छलफलको कल रेकर्ड अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बुधबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अडियो अहिलेको नभएको बताएका हुन् । माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । सो सम्बन्धमा पार्टी केन्द्रीय समितिको बैठक बसिरहेको बेला श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन् ।
वैशाख १० गते भईरहेको उपनिर्वाचनमा रास्वपाकातर्फबाट उम्मेदवार वनेकाहरुलाई पराजित गर्नका लागि अहिले अडियो सुनियोजित रुपमा सार्वजनिक गरिएको श्रेष्ठको दाबी छ। ‘यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो । जनवरीमा भएको, लगभग जनवरी–फेव्रुअरीमा भएको अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले पार्टीलाई चारतिरबाट हान्ने प्रहार गरेको हो,’ उनले भने, ‘यो पार्टीको तीनवटै निर्वाचन क्षेत्र हराउन खोजेको हो । सुनियोजित योजना हो ।’
श्रेष्ठले आफू पार्टीको सदस्यबाट पनि बाहिरिएको र न्यायिक प्रक्रियामा गइसकेको पनि बताए । उनले न्यायालयबाट क्लीनचिट ल्याएर आउने दाबी गरेका छन् । आफ्नो कारणले गर्दा उपनिर्वाचनमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै उनले क्षमा पनि मागेका छन् ।
यो पनि,
- पार्टीको वैठकअघि रवि, डोलप्रसाद र ढाकाकुमारको गोप्य बार्ता, के भयो छलफल
- श्रीमती निकितालाई त्याग्न रवि लामिछानेलाई दुर्गा प्रसाईको सुझाव
- आफुलाई मात्र कारवाही भए कोर टिमलाई नङ्ग्याउने ढाकाकुमारको धम्की
- आफनो पनि अडियो सार्वजनिक हुने आशंकाले विचलित रवि लामिछाने !
- विको रास्वपा: ‘लिङ्ग नछुट्टीएको जेब्रा’, घोडा र गधा जे भनेपछि हुने
- ढाकाकुमारको कारवाही रोक्न ‘कोर टिम’ सकृय, यि हुन पर्दा पछाडिका खेलाडी
- ढाकाकुमार प्रकरणमा अर्को अडियोः यसरी हुँदैछ खुरापात
- दुर्गा प्रसाई र ढाकाकुमार प्रकरणमा अख्तियारले थाल्यो अनुशन्धान
- मेयरको सपना त्यागेर सांसद बनेका ढाका, मन्त्री किन्ने योजनामा प्रसाईसँग यसरी मिल्यो टाँका
- दुर्गा प्रसाई र ढाकाकुमारको अडियो बारे सरकारले छानविन गर्ने
- कसरी सार्वजनिक भयो दुर्गा प्रसाई र ढाकाकुमारको ‘२ करोड’ को अडियो ?
- डा. गोविन्द केसीको मृत्यु पर्खेर वसेका छन् रवि लामिछानेका सांसद!
- को–को छन् रविका लागि पैसा उठाउने कोर टिममा ?
- ढाकाकुमार भन्छन्– अडियो मेरो होईन, दुर्गा प्रसाईलाई म चिन्दा पनि चिन्दिन
- घुस प्रकरणले रवि नै चुनाव हार्ने भएपछि श्रेष्ठ निलम्विन, चुनावपछि फुकुवा
- यस्तो छ रास्वपा र दुर्गा प्रसाईको कनेक्सनः २ करोड माग्ने सांसद निलम्वित