News

मन्त्री बन्न खोज्दा सांसदबाट पनि चिप्लिए ढाका, विन्दवासिनी नयाँ सांसद सिफारिस

मन्त्री बन्न खोज्दा सांसदबाट पनि चिप्लिए ढाका, विन्दवासिनी नयाँ सांसद सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई कारवाही गरेको छ। उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधान विपरीत काम गरेकाले बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई कारवाही गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दाबासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय समेत भएको लामिछानेले बताए ।

रास्वपा केन्द्रीय सदस्यले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । सभापति लामिछानेले श्रेष्ठले आरोप लगाउँदै आएको कोर टिमबारे छानबिन गर्न सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेता ढाकाकुमार श्रेष्ठले भने केही महिना पहिलेको अडियो अहिले ल्याएर प्रचार गर्नु पार्टीमाथि प्रहार भएको प्रतिक्रिया दिएका छन्। त्यसअघि भने उनले उक्त अडियो आफनो नभएको दावी गर्दै आएका थिए।

श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका छन। उनले आफुलाई मात्रै कारवाही गरे पैसा माग्ने कोर टिमका विषयमा सार्वजनिक रुपमा पर्दाफास गर्ने धम्की समेत दिएका छन्।

यो पनि,

ढाकाकुमार श्रेष्ठ रवि लामिछाने दुर्गा प्रसाई रास्वपा

विशेष