News

आफुलाई मात्र कारवाही भए कोर टिमलाई नङ्ग्याउने ढाकाकुमारको धम्की

आफुलाई मात्र कारवाही भए कोर टिमलाई नङ्ग्याउने ढाकाकुमारको धम्की

घुस प्रकरणमा मुछिएका रास्वपका सांसद ढाकाकुमार श्रेष्ठले आफुलाई कारवाही गरे मन्त्री बनाउन पैसा माग्ने कोर टिमको खुलासा गर्ने धम्की दिएका छन्। अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई मंगलवार एक घण्टा बयान दिएका उनले सोही क्रममा यस्तो चेतावनी दिएका हुन ।

बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेका थिए । ‘अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु’ भन्दै धम्की दिएको समितिकै सदस्यले खुलासा गरेका छन्।

श्रेष्ठ मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घूस मागेको अडियो सार्वजनिक भएपछि विवादमा परेका छन। समितिका पदाधिकारीहरूले अडियोमा भनिएजस्तो ‘कोर टिम’ के हो ? त्यसमा को–को छन् र त्यसले कसरी काम गर्छ लगायतका प्रश्न गरेका थिए।

तर श्रेष्ठले त्यसको जवाफ दिएनन्। वरु सार्वजनिक रुपमा वताउने वताएको उनीहरुको भनाइ छ । श्रेष्ठले पार्टी सभापतिलगायत कसैको विषयमा केही नबोलेको पनि ती सदस्यले बताए । समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ ।

समिति सदस्यसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेले पनि चार पृष्ठको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएको पुष्टि गरे । रास्वपाको अनुशासन तथा आचरण समितिको संयोजक भरतमणि देवकोटा हुन ।

गत, माघ १ मा प्रसाईंसँगको फोन संवादमा श्रेष्ठले पार्टीभित्र पैसा माग्ने कोर टिम रहेको बताएका थिए। २ करोड दिए कोर टिमले आफूलाई मन्त्री बनाउने तत्काल १ करोड दिइहाल्नुपर्ने भन्दै उनले प्रसाईंसँग भविष्यमा काम गरिदिने भन्दै पैसा मागेका थिए । 
यो पनि,

रवि लामिछाने दुर्गा प्रसाई रास्वपा ढाकाकुमार श्रेष्ठ

विशेष