News

कार दुर्घटनामा ४ जना भारतीय नागरिकको मृत्यु

कार दुर्घटनामा ४ जना भारतीय नागरिकको मृत्यु

सिन्धुलीको कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक बुधबार बिहान कार दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ। बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डअन्तर्गत भएको उक्त दुर्घटनामा मृत्यु हुने सवै भारतीय नागरिक हुन।

काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो। घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

५ जना सवार कार दुर्घटनामा घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते भारतीयको पहिचान गर्ने र मृतकको शव निकाल्ने काम भइरहेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । 
 

विशेष